सवारी चालककाे अान्दाेलन, काठमाडौंका प्राय पेट्रोल पम्प बन्द

पेट्रोलियम पदार्थ अभाव भएपछि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारीसाधनको लाइन लागेको छ । अधिकांश निजी पम्प बन्द छन् भने खुलेका केहीमा लामो लाइन छ । साझा, सेना तथा प्रहरीले सञ्चालन गरेका पम्पहरुमा अझ लामो लाइन छ ।

मुलुकी फौजदारी ऐनले चालकलाई तोकेको जेल सजायविरुद्ध ट्यांकरसहित सम्पूर्ण सवारी चालकले विरोध गरेपछि अभाव देखिएको हो ।

काठमाडौंमा रहेका १ सय २० वटाभन्दा बढी पेट्रोल पम्पले मागभन्दा केही बढी भण्डारण गर्ने गर्छन् । निगमले बुधबार गरेको आपूर्ति र पम्पहरुको भण्डारणको हिसाब गर्दा बिहीबार दिनभर कुनै असहजता सिर्जना हुनु नपर्ने थियो । तर, सर्वसाधारणले बिहीबार दिनैभर सकस भोग्नुपर्यो

काठमाडौँमा पेट्रोल अभाव हुदा बिहीबार बेलुकी देखिनै सवारीसाधन पेट्रोलको लाइनमा थिए । शुक्रबार (आज) पनि लाइन उत्तिकै छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
शुक्र, अशोज ५, २०७५ (September 21, 2018, 12:35 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै