Kanoon Post
बिहिबार, बैशाख २०, २०८१/ May 2, 2024,
बिहिबार, बैशाख २०, २०८१

अदालतकाे आदेश पछी नागरिकता वितरण राेकियाे, विराटनगरमा नारावाजी र चक्काजाम

जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्नुका साथै कोशी राजमार्गमा केही बेर चक्काजाम गरेका छन् ।

जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर बैशाख ४ गते सम्मलाई नागरिकता वितरण कार्य रोकेको जनाएको थियो ।

नागरिकता दिने प्रक्रिया रोकिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रदर्शन गर्दै निस्किएका सेवाग्राहीहरुले भट्टी मोडमा केही बेर चक्का जाम गरेका थिए ।

गृह मन्त्रालयले चैत्र १९ गते जन्मका आधारमा नागरिकता पाएका बाबु र आमा दुबैजनाको नागरिकता लिएर आउने व्यक्तिलाई नागरिकता दिन ७७ वटा जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

निर्देशन आएलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागू गरेर नागरिकता वितरण प्रक्रिया थालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading