Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 24, 2026
शनिबार, बैशाख १२, २०८३

श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेशकाे भाउजु भगाउने याेजना रहेकाे खुलासा

भाउजुले उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भने पछी........

User Photo बिहिबार, बैशाख २६, २०७६
जनकपुर ।

श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलेको छ । धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो ।

घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् ।

मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

श्रीमतीलाई मारेर भाउजुसँग भाग्ने योजना 

मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो ।

मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो । तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् ।

घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।

मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।

श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । तर, उनी भाग्न सफल भए । प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मुकेशलाई पक्राउ गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.