Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

५९० राेपनी सरकारी जग्गा मालपाेत अधिकृतका श्रीमती, छोरी र नातागोताको नाममा

मालपाेत अधिकृतकाे बदमासी सीडीओले यसरी पत्ता लगाए

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

काठमाडौं । जुम्लाका मालपोत अधिकृतले ५९० राेपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ । हाल सेवा निवृत्त जुम्लाको गुठिचौर गाउँपालिका-४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपानेले सेवामा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको हाे ।

राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ । साविक गुठिचौर गाविस- ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ । त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाइदिएका हुन् ।

मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका हुन् । पण्डित तिनै सिडिओ हुन् जसले सिराहामा पनि हडपिएको २१ विघा जग्गा सरकारको नाममा ल्याएका थिए । उनी २०७२ चैतमा जुम्लाका सिडिओ भएका थिए ।

भूमि सम्वन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीको लागि ७५ रोपनी र घरबासको लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था गरेको छ । आफ्नै जिल्लामा मालपोत अधिकृत हुन पुगेका न्यौपानेले भने आफ्नी श्रीमती गोमा र छोरी पार्वतीको नाममा १३८ रोपनी जग्गा दर्ता गराएका छन ।

मालपोत अधिकृतले मालपोत ऐन २०३४, भूमि सम्वन्धी ऐन २०२१ र जग्गा नाप जाँच ऐन २०१९ ले गरेको व्यवस्थाभित्र रहेर जग्गा दर्ता, नामसारी, रजिष्ट्रेशन, लिखत पारीत लगायतका कामकारबाही गर्नुपर्ने हुन्छ ।

मालपोत अधिकृतले आफ्नो र परिवारको स्वार्थ रहेको जग्गाबारे निर्णय गर्न पनि पाउँदैनन् । भोग प्रमाणले जग्गा दर्ता योग्य देखिए परिवारको मुलीको नाममा जग्गा दर्ता गरेर अंशियारलाई अंशबन्डा गर्नुपर्छ । तर मालपोत अधिकृत न्यौपानेले कुनै नियम पालना गरेका छैनन् । उनले राजश्व छली गर्ने उद्देश्यले गुठिचौरको सरकारी जग्गा १४ जनाको नाममा सीधै दर्ता गराएको देखिएको सिडिओ पण्डितले गरेको अनुसन्धान प्रतिवेदन बताउँछ ।

प्रतिवेदन अनुसार, न्यौपानेले १४ जनामध्ये सबभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएका छन् ।

१२ आफन्तमध्ये एक जनाको नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका छन् । त्यस्तै, एक जनालाई १३ हजार ३३५ वर्गमिटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर दर्ता गराइदिएका छन् ।

उनले गोमा न्यौपानेकाे नाममा ३५ हजार १५० वर्गमिटर, पार्वती न्यौपानेकाे नाममा ३४ हजार ८५० वर्गमिटर, विष्णु न्यौपानेकाे नाममा ३३ हजार वर्गमिटर,  विजय न्यौपाने- ३२ हजार ३३५ वर्गमिटर,  मयलाल न्यौपाने- २० हजार वर्गमिटर, नवऋषि न्यौपाने- २० हजार वर्गमिटर, विष्णुऋषि न्यौपाने- २० हजार वर्गमिटर, घनप्रसाद न्यौपाने- २० हजार वर्गमिटर, कविदत्त न्यौपाने- २० हजार वर्गमिटर, विष्णुलाल न्यौपाने- २० हजार वर्गमिटर, हरिहर न्यौपाने- १५ हजार वर्गमिटर, देवेन्द्र प्रसाद उपाध्याय- १३ हजार ३३० वर्गमिटर र जानकीदत्त देवकोटाकाे नाममा २ हजार वर्गमिटर पास गराइदिएका छन । याे समाचार अनलाइन खबरमा प्रकाशित छ । पुरा समाचारका लागी (Click Here)


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.