Naya Media
आइतवार, असार २८, २०८३
| | July 11, 2026
आइतवार, असार २८, २०८३

कालोपुलमा जेनीमाथि एसिड हान्ने उनकै श्रीमान, संगै बस्न नमाने पछी एसिड प्रहार गरेकाे खुलासा

एसिड हानेकाे दुई घण्टामै जेनीका श्रीमान २७ वर्षीय विष्णु भुजेल पक्राउ

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

बुधबार साँझ ८ बजेतिर कालोपुलमा २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो । एसिडले जेनीको शरीरको विभिन्न भागहरु जलेको प्रहरीले जनाएको छ ।

जेनीलाई एसिड हानेको अभियोगमा प्रहरीले घटनाको दुई घण्टामै २७ वर्षीय विष्णु भुजेल उर्फ विकास पक्राउ परे । प्रहरी अनुसन्धानका क्रममा उनी जेनीकै श्रीमान भएको खुल्न आयो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भुजेललाई काँडाघारी सनसिटी अपार्टमेन्ट नजिकैबाट पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट नजिकैको एक भट्टी पसलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए । श्रीमतीलाई कालोपुलमा एसिड प्रहारपछि उनी सो भट्टीमा मदिरा सेवन गर्न पुगेका थिए ।

प्रहरीका अनुसार भुजेलले विभिन्न प्रलोभन देखाउँदै जेनीलाई १० कक्षामा पढ्दापढ्दै गर्दा ६ वर्षअघि भगाएका थिए । त्यतिबेला जेनी १४ वर्षकी थिइन् ।

बिहे भएको ३ वर्षपछि उनीहरुले एक सन्तान (छोरा) लाई जन्म दिए । उनीहरुको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार भुजेलको जेठी श्रीमती पनि रहेको जेनीले पछिमात्रै थाहा पाएकी थिइन् । सोही थाहा पाएपछि उनीहरुबीच असमझदारी बढ्न थालेको र पछिल्लो समय उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए । भुजेल काभ्रेमै बस्थे भने जेनी कालोपुलमा बुबाआमासँग बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बेला–बेला भुजेलले जेनीलाई आफूसँग बस्न आग्रह गरेपनि जेनीले नमानेपछि कुनै पनि बेला मारिदिने धम्की दिने गर्थे । विकासले प्रहरी समक्ष श्रीमती आफूसँग बस्न नमानेपछि एसिड हानेको स्वीकारेका छन् ।

‘विष्णुले जेनीलाई धेरैपटक सँगै बस्न बोलाउने गरेपनि जेनीले दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद सुरु भएको अनुसन्धानबाट खुलेको छ,’ डिएसपी बोगटीले भने । विष्णुले जेनीलाई एसिड प्रहार गर्दा जेनीकी ९ वर्षकी बहिनी पनि साथैमै रहेको एक प्रत्यक्षदर्शीले बताए । यद्यपि जेनीकी बहिनीलाई भने एसिड लागेको छैन । भुजेलकाे पहिलाे श्रीमती हाल वैदेशिक राेजगारीकाे क्रममा खाडीमुलूकमा रहेकाे बताइएकाे छ ।

एसिड हानेलगत्तै भुईंमा ढलेकी जेनीलाई २० मिनटमै चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार भएपछि उनलाई कीर्तिपुरस्थित फेक्ट अस्पताल रिफर गरियो ।

हाल उनको कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचार भइरहेको छ । परिसरका प्रवक्ता डीएसपी बोगटीका अनुसार जेनीको अहिले अप्रेशन हुँदैछ । जेनीको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ । यसैबीच आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको जेनीको परिवारले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.