Naya Media
शनिबार, असार १३, २०८३
| | June 27, 2026
शनिबार, असार १३, २०८३

‘गलबन्दी’ चाेरी विवाद झन चर्किदै, प्रकाश सपुत विरूद्ध उजुरी दर्ता

User Photo सोमवार, असार ९, २०७६
काठमाण्डाै ।

गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।

यहीविचमा, गायक राइले अर्का गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले केही दिन अगाडि मात्र प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेको बताए । उनले भने–‘मैले गीतको लय मिलेको भनेर उजुरी दिएको छु । यो बौद्दिक सम्पत्तीको कुरा हो । अब, जे गर्छ कानुनले नै गर्छ ।’

उनले, प्रकाश सपुत र आफूविच कुरा भैरहेको पनि सुनाए । उनले भने–‘उहाँ र मेरो वुझाइमा एकरुपकता नआएर मात्र हो । सबै कुरा मुद्दा मात्र होइन । तर, यो अस्तित्वको लडाई हो ।’ उनले यो कुरामा सझदारी भएको नै राम्रो भनेका छन् । उनले भने–‘म प्रकाश सपुतलाई हार्दिक रुपमा स्वागत गर्न चाहन्छु । शैली, परिस्थिती नमिलेका कारण मैले अस्तित्व खोजेको हुँ ।’

शम्भु राइले आफू र प्रकाश सपुतविच सिस्टममा मतवेद मात्र भएको तर व्यक्तिगत रुपमा कुनै इगो नभएको पनि स्पष्ट पारे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.