Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

जग्गा हडप्न ज्युदै मान्छेकाे मृत्यु दर्ता, बृद्धा आमा भन्छिन, ‘म ज्युदै छु’

User Photo मङ्लबार, असार १७, २०७६
काठमाण्डाै ।

आफै मरेकाे सुन्दा कस्ताे लाग्छ ? त्यसमाथी पनि मरेकाे कागजात नै आफ्नै हातमा पर्दा मानिसमा कस्ताे हाेला ? तर यस्तै घटना भएकाे छ, त्याे पनि हाम्रै नेपालमा ।

हाे, औरही गाउँपालिका ४ की ७१ वर्षीया जन्तीवति यादव जीवित छिन् । उनको हातमा मृत्यु भएको प्रमाण पत्र परेपछि भने झस्किइन् । अयोध्यानगर गाविस ९ बाट ०६० मंसिर १६ गते जारी प्रमाणमा ०४८ जेठ १४ मा उनको मृत्यु भएको उल्लेख छ । ०६२ चैत १४ मा प्रतिलिपि लिएको फोटोकपी उनको हात पारेको हो ।

‘म जीवितै छु, मरेको भन्ने प्रमाण देख्दा छक्क परें,’ उनले भनिन्, ‘छोरा अरुणले ल्याएर देखाए ।’ तर, मृत्यु दर्ता प्रमाण पत्रमा बुवा र पतिको नाम फरक छ । बुवा शिवधारी र पतिको नाममा बुद्धि यादव उल्लेख छ । जन्तीवतिको नागरिकतामा बुवा सुवध यादव र पति ठकाई यादव उल्लेख छ ।

जन्तीवतिका अनुसार साविक अयोध्यानगर गाविस ९ हाल धनगढीमाई नगरपालिका ८ मा बुवा सुवध यादवको ७ कठा १५ धुर जग्गा थियो । बुवाको घर दहिपौडी ७ (हाल सुखिपुर नगरपालिका) मा थियो ।

उनका अनुसार बुवा सुवधका दुई सन्तान दिदी पारोदेवी र म जन्तीवति मात्र थियौं । दिदी पारोदेवीको विवाह अयोध्यानगरमा बुद्धि यादवसँग भयो । ‘दिदी पारोको रामवली, मोतीराम र सुरज तीन भाइ छोरा छन्,’ आफ्नो नागरिकता प्रमाण पत्र देखाउँदै जन्तीवतिले भनिन्, ‘मेरो इटाटार ८ का ठकाईसँग विवाह भयो, मेरो छोरा अरुण मात्र हो ।’

उनका अनुसार पछि दिदीको मृत्यु भयो । दिदीको मृत्युपछि बुवा सुवध यादवले अयोध्यानगरको ७ कठा १५ धुर जग्गा दिदीको छोरा रामवली र जन्तीवति मेरो संयुक्त नाममा नामसारी गरिदिएको जन्तीवतिको दाबी छ । मृत्यु दर्ता प्रमाण पत्रदेखेपछि त्यही जग्गा हडप्न दिदीको छोराहरूले यसो गरेको होलान् भन्ने उनले चाल पाइन ।

‘अयोध्यानगर ९ (क) कित्ता नं. १७३ को ७ कठा १५ धुर जग्गा २०६० फागुन ११ मा मिसिल नम्बर ३१०/०६०–०६१ को नामसारी निर्णयअनुसार रामवलि, मोतिराम र सुरजको संयुक्त नाममा नामसारी भएको रेकर्ड भेटियो,’ जन्तीवतिका छोरा अरुणले भने, ‘जन्तीवतिको मृत्यु दर्ताको आधारमा जमिन नामसारी भएको देखिएपछि मृत्यु दर्ता प्रमाण पत्र बदरका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दियौं ।’

तर, प्रशासन कार्यालयमा निवेदन दिए पनि कुनै सुनुवाई नभएको उनले सुनाए । उता, जग्गा नामसारी गरेकामध्ये सुरज यादवले आफ्नो आमाको नाममा भएको जग्गा छोराहरूको नाममा नामसारी गरेको बताए । आफूहरूले कसैको पनि नक्कली मृत्यु दर्ता नबनाएको दाबी गर्दै आमाको नामबाट जग्गा छोराहरूको नाममा नामसारी गर्न नपाइने नियम नभएको बताए ।

उनले आमा जन्तीवतिको नाममा भएको जग्गा आफूहरूले नामसारी गरेको र जग्गामा कसैले दाबी गर्दैमा नहुने र त्यसका लागि प्रमाण लिएर आउन भने । ‘कसैले भन्दैमा, दाबी गर्दैमा अरूको जग्गा मेरो हो भनेर हुँदैन,’ उनले टेलिफोन सम्पर्कमा भने, ‘त्यसका लागि प्रमाण लिएर आऊन् ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.