Naya Media
सोमवार, साउन ११, २०८३
| | July 27, 2026
सोमवार, साउन ११, २०८३

प्रेमीकाे ‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि प्रेमीकै शौचालयमा आत्महत्या

User Photo बुधबार, साउन १, २०७६
काठमाण्डाै ।

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

प्रहरीले प्रेमी मगरसँगै प्रमिन नगरकोटीलाई नियन्त्रणमा लिएको छ । जेनीलाई आत्महत्या गराउन बाध्य पारेको आरोपमा भीमबहादुर र प्रमिनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

‘वर्थ डे’मा अर्की प्रेमिका देखेपछि आत्महत्या

जेनी बालाजुका भीमबहादुरसँग प्रेममा थिइन् । असार ३० गते प्रेमीको जन्मदिन भएकाले उनी भीमबहादुरको घर पुगिन् । तर, भीमबहादुरसँगै प्रमिनलाई भेटेपछि उनीहरुको झगडा सुरु भएको थियो ।

जेनीले प्रमिनलाई समेत भीमले तँलाईँ पनि धोका दिन्छ भनेकी थिइन् । झगडापछि प्रमिनको सल मागेर शौचालय गएको र लामो समय नआएपछि हेर्न जाँदा त्यही सलको पासोमा झुण्डिएको भेटिएकी थिइन् ।

भीमबहादुरले उनलाई अस्पताल पुर्‍याएपनि बचाउन सकेनन् । प्रहरीले भीम र प्रमिन दुबैलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.