ज्ञानेन्द्र शाहीलाई छाेड्न सर्वाेच्चकाे आदेश

मङ्लबार, बैशाख १६, २०७७, काठमाण्डाै । 

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो।

केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो। सोही रिटमाथि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो।

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो।

निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको थियो।

आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशीका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको थियो। शक्तिराज शाही पनि छुटेका छन्।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको हो।

शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै