Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता, समय थपेकै दिन एक जनाको लियो ज्यान

User Photo बिहिबार, अशोज १८, २०७५

सञ्चालन अवधिको समय बढाउने निर्णय भएकै दिन भक्तपुरको सूर्यविनायकमा टिपरले एक जनाको ज्यान लिएपछि महानगरीय ट्राफिक प्रहरीले महाशाखाले सञ्चालन समय पुनः घटाएको छ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वको जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले निर्माण सामाग्रीको ढुवानीमा बाधा परेको भन्दै यसअघि तोकेको समयभन्दा तीन घन्टा बढी टिपर चलाउने दिने निर्णय गरेको थियो। निर्णय गरेकै दिन सूर्यविनायकमा टिपरले मोटरसाइकल चालकको ज्यान लिएपछि प्रहरीले पूर्ववत् निर्णय नै कार्यान्वयन गरेको हो।

समितिले बुधबारदेखि लागू हुनेगरि बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो। यसअघि साउन १ गतेदेखि राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र काठमाडौँभित्र रिङरोड, रिङरोडभित्र र कोटेश्वरबाट जडीबुटीसम्मको सडकखण्डमा टिपर चलाउने अनुमति प्रहरीले दिएको थियो।

टिपरकै कारण दुई पाङ्ग्रे सवारी र पैदलयात्रु असुरक्षित भएको जनदबाब बढेपछि यस्तो निर्णय भएको थियो।

ट्राफिक प्रहरी महाशाखाले बिहीबार सूचना जारी गर्दै साबिककै समयमा टिपर सञ्चालन हुने जनाएको छ।

सूचनामा भनिएको छ ‘तत्कालको लागि मिति २०७५/०४/०१ को निर्णयानुसार नै काठमाडौँभित्र रिङरोड, रिङरोडभित्र र कोटेश्वरबाट जडीबुटी सम्मको सडकखण्डमा बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्र टिपर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.