Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना

User Photo
सोमवार, कार्तिक २६, २०७५

दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा घाइते भएका मध्ये दाङकाे घोराही उपमहानगरपालिका वडा नं १५ का २८ वर्षीय होम बहादुर पोखरेल, दाङकै शान्तिनगर गाउँपालिका वडा नं १ का एक वर्षका बालक यनुष विक र दाङ तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

१० जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.