दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा घाइते भएका मध्ये दाङकाे घोराही उपमहानगरपालिका वडा नं १५ का २८ वर्षीय होम बहादुर पोखरेल, दाङकै शान्तिनगर गाउँपालिका वडा नं १ का एक वर्षका बालक यनुष विक र दाङ तुलसीपुरकी २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
१० जनाको अवस्था मध्यम र १२ जनाको अवस्था सामान्य रहेको छ । घाइते भएका १९ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द