Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 13, 2026
मङ्लबार, असार ३०, २०८३

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु,

एकजनाको भने सनाखत हुन नसकेको प्रहरीकाे भनाइ

User Photo आइतवार, जेष्ठ ५, २०७६
बैतडी ।

बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका- ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट,सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ। मृत्यु हुनेमध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका- १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका-१०का नवीन भट्ट घाइते भएका छन्। जीप दुर्घटनाको कारण भने खुलेको छैन्।

जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.