पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना घाइते

दार्चुलामा सोमबार राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका-८ मा पहिरोले पुरिएर स्थानीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको हो ।

पहिरोले पुरिएर र घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ ।उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, साउन ६, २०७७ (July 21, 2020, 12:36 pm) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै