झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् ।
गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ वर्षीय विवेक दर्नालको ज्यान गएको वडाध्यक्ष मातृका पौडेलले जानकारी दिए । उनी एक साताअघि मामाघर आएका थिए ।
उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । पहिरो खस्दा सो घरमा सातजना रहेका थिए ।
पहिरोको कारण सोही ठाउँका थप दुई घर जोखिममा रहेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
२०७७/४/६/गते को अविरल वर्षाले मेचिनगर ९ बाट मामोलि आएका १४बर्षिय मिलन दर्नाल को आफ्नै मामा घर बुद्धशान्ति ७ मा पहिरोले पुरिएर दुखद निधन भएको छ र परिवारमा ३जना घाईते साथै थप २ परिवार समेत बिस्थापित बनाएको छ ।परिवार मा पर्न गएको पिडाप्रति हार्दिक समवेदना सहित बिस्थापित तथा घाईते महानुभावको सहयोग मा लाग्न सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछु।
