
दोलखाको गौरीशंकर गाउँपालिकामा पहिराेमा परी एकको मृत्यु भएको छ भने बाढीका कारण र स्वास्थ्यचौकी सहित ९ घर डुवानमा परेका छन्। गौरीशंक गाउँपालिका-८, खारेको टुनिटारमा गए राति पहिरो जाँदा कालिञ्चोक गाउँपालिका-८, सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन्।
मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मिति घरमा सटर राख्नका लागि बिहीबार गएका थिए भने काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको स्थानीय बद्री खड्काले जानकारी दिए। सो पहिरोमा परेर तीन जना घाइते भएको दोलखाको प्रहरी प्रवक्ता निरीक्षक रुक्शा बज्राचार्यले जानकारी दिइन्।
गएराति नै आएको बाढीले गौरीशंकर गाउँपालिका-६, गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकी सहित ९ ओटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ९ ओटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकको आफन्तको सुरक्षित रहेको प्रहरीले जनाएको छ।
बाढीले सिप्रिङखोला जलविद्युत आयोजनामा ठूलो क्षति पुर्यएको बताएको छ भने सो गाउँपालिकाको विभिन्न वडामा निर्माणाधिन रहेको घट्टेखोला, तल्लो खारेखोला जलविद्युत् आयोजनको विभिन्न संरचना बगाएको प्रवक्ता बज्राचार्यले बताइन्।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द