घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ५ जना घाइते

गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् ।

राति करिब साढे एक बजे भत्किएको स्थानीयले बताएका छन् । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी वकि रहेको इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले जानकारी दिए ।

पत्थरे पुरानो घर भएका कारण भत्केको हुनसक्ने बुढाऐरले बताए । दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए।

घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । घरमा चौपायहरु समेत च्यापिएका र उनीहरुको उद्धार भइरहेको प्रहरी निरीक्षक बुढाऐरले बताए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
मङ्ल, साउन २७, २०७७ (August 11, 2020, 8:35 am) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया