लम्कीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

बिहिबार, साउन २९, २०७७, लम्की, कैलाली । 

कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्कीमा आज दिउँसो चट्याङ लागेर एक १३ बर्षिय बालिकाको मृत्यु भएको छ भने अर्की एक १४ वर्षिय बालिका घाइते भएकी छन् ।

स्थानिय जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहा नगरपालिका १ साङ्गा चोकको करिब ५० मिटर पूर्वपट्टी चट्याङमा परी १३ वर्षिय बालिका अञ्जु शाहीको घटना स्थलमै मृत्यु भएको हाे ।

शव पोष्मार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यलय लम्कीले जानकारी दिएको छ । यस्तै लम्कीचुहा १ कै ममता शर्माकी छोरी १४ वर्षिय छोरी भावना शर्मा चट्याङ लागेर घाइते भएकी छन् । घाइते शर्माको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

रमित पाण्डे नयाँ मिडियाका कैलाली संवाददाता हुन ।

View more articles by: रमित पाण्डे

रमित पाण्डे

सोमवार, चैत्र ९, २०७७ (March 22, 2021, 1:45 pm) मा द्वारा दुर्घटना अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै