Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

लम्कीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

User Photo बिहिबार, साउन २९, २०७७
लम्की, कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका- १ लम्कीमा आज दिउँसो चट्याङ लागेर एक १३ बर्षिय बालिकाको मृत्यु भएको छ भने अर्की एक १४ वर्षिय बालिका घाइते भएकी छन् ।

स्थानिय जंगलमा बाख्रा चराउन गएका बेला लम्कीचुहा नगरपालिका १ साङ्गा चोकको करिब ५० मिटर पूर्वपट्टी चट्याङमा परी १३ वर्षिय बालिका अञ्जु शाहीको घटना स्थलमै मृत्यु भएको हाे ।

शव पोष्मार्टमको लागि टिकापुर अस्पताल लगिएको इलाका प्रहरी कार्यलय लम्कीले जानकारी दिएको छ । यस्तै लम्कीचुहा १ कै ममता शर्माकी छोरी १४ वर्षिय छोरी भावना शर्मा चट्याङ लागेर घाइते भएकी छन् । घाइते शर्माको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.