Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

विद्युत् चोरीमा संलग्न ९ जना पक्राउ

User Photo
सोमवार, मंसिर १७, २०७५

सिरहा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मिर्चैया, कल्याणपुर, कर्जन्हा नगरपालिकालगायत विभिन्न ठाउँबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई पक्राउ गरी जरिवाना तिराएको हो ।


advertisement

विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहाबट गरिरहेको अवस्थामा सबैजनालाई पक्राउ गरिएका प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख दीगम्बर यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत रु ५१ हजार ३७१ राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए ।
उनका अनुसार सो क्रममा विद्युत् मिटर चार थान, पङ्खा तीन थान र टिभी तीन थानलगायतका सामान बरामद गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.