काठमाडौं। कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएको छ।
पार्टी केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख छ।
बैठकमा कांग्रेसको समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीति प्रस्तावको सारांश पेस गरेका थिए।
नेकपा नेतृत्वको सरकार गठनयता वैदेशिक लगानी ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पुँजी पलायनका संकेत देखिएको प्रस्तावमा उल्लेख छ। बढ्दो व्यापार घाटा, अकासिँदो ब्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको उसको निष्कर्ष छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ लक्ष्य कागजमा मात्र सीमित हुन पुगेको पनि कांग्रेसको दाबी छ। अन्नपूर्ण पोस्ट् दैनिक
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द