Naya Media
शनिबार, फाल्गुन २, २०८२
| | February 14, 2026
शनिबार, फाल्गुन २, २०८२

दुई हजार नदिँदा कुटपिट गरी हत्या

User Photo बिहिबार, मंसिर २०, २०७५

रूकुम पश्चिम । जिल्लाको आठबीसकोट नगरपालिका- ५ का २८ वर्षीय धनबहादुर विकले २२ वर्षीय रविन सार्कीलाई कुटपिट गरी हत्या गरेका छन्। गत मंसिर ७ गते आठबीसकोटको राडिबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सार्कीले घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएका थिए।घाइतेको उपचारका क्रममा खर्च भएको दुई हजार विकले नदिएका कारण कुटपिट भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

सार्कीको उपचारको क्रममा गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो। कुटपिटपछि फरार भएका विकलाई मंसिर १० गते जाजरकोटको बगराबाट पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.