Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

बसभित्रै बालिका बलात्कार गर्ने सहचालक पक्राउ

User Photo सोमवार, भदौ ३०, २०७६
काठमाण्डाै ।

काठमाडौँ । दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् ।

बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो ।

राईलाई बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी अर्की १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगि छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यता, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ललाई–फकाई सोही ठाउँस्थितसामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको सुनारमाथि आरोप छ । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.