१४ बर्षिय बालिकाको उद्धार, अपहरणकाे आरोपमा विप्लव समूहका १४ कार्यकर्ता पक्राउ

लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रहरीकाे दाबी
बिहिबार, फाल्गुन २९, २०७६, काठमाण्डाै । 

बालिका अपहरणको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिकाको पनि उद्धार गरेको छ । बुधबार साँझ ५ बजे अपहरणमा परेकी मोक्तानको बिहीबार ३ बजेतिर उद्दार भएको हो ।

विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।

प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै