Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

१४ बर्षिय बालिकाको उद्धार, अपहरणकाे आरोपमा विप्लव समूहका १४ कार्यकर्ता पक्राउ

लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रहरीकाे दाबी

User Photo बिहिबार, फाल्गुन २९, २०७६
काठमाण्डाै ।

बालिका अपहरणको आरोपमा प्रहरीले विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषाको गणेशनाथ चारनाथ नगरपालिका ५ गौरीखेलकी १४ वर्षकी गरिमा मोक्तानको अपहरणको आरोपमा प्रहरीले उदयपुरबाट विप्लव समूहका १४ कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले बालिकाको पनि उद्धार गरेको छ । बुधबार साँझ ५ बजे अपहरणमा परेकी मोक्तानको बिहीबार ३ बजेतिर उद्दार भएको हो ।

विप्लव समूहले ती बालिकालाई लडाकु बनाउने उद्देश्यले कब्जामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए ।

प्रहरीले विप्लव समूहका कार्यकर्ताको साथबाट ३ वटा पेस्तोल र ११ वटा सकेट बम र प्रेसरकुकर बम पनि बरामद गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.