Naya Media
सोमवार, फाल्गुन १८, २०८२
| | March 1, 2026
सोमवार, फाल्गुन १८, २०८२

कलंकीबाट दुई महिला पाकेटमार पक्राउ

User Photo बुधबार, फाल्गुन २६, २०७७
काठमाण्डाै ।

प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

खड्काका अनुसार उनीहरूले विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चाेरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएकाे हाे । उनीहरूकाे साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएकाे छ ।

डिएसपी बाेहाेराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेकाे छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएकाे छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.