Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

विशेष आर्थिक क्षेत्र विधेयक परिमार्जनसहित पारित

User Photo
मङ्लबार, फाल्गुन २१, २०७५

काठमाडौं । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले ‘विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको हो ।

विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि गठित प्राधिकरणमा एकजना प्रतिनिधि मजदुर संगठनबाट पनि प्रतिनिधित्व गराउने गरी सो विधेयक परिमार्जनसहित पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।


advertisement

विधेयकमा विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि गठित प्राधिकरणमा मजदुरको पनि प्रतिनिधित्व गराउनुपर्ने समितिका सदस्यहरुको मागलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहमति जनाएका थिए । उनले सांसदहरुले माग गरेपछि आफू पनि सो प्राधिकरणमा मजदुरहरुको प्रतिनिधित्व गराउन सहमत भएको जानकारी समितिमा गराएका छन् ।

बैठकमा समितिकी सदस्य विन्दा पाण्डेले भने विशेष आर्थिक क्षेत्र प्राधिकरणमा मजदुरहरुको तर्फबाट महिला प्रतिनिधित्व हुने प्रतिनिधित्व हुने मजदुर महिला अनिवार्य प्रतिनिधित्व हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

परिमार्जित विधेयकमा विशेष आर्थिक क्षेत्रबाट उत्पादित बस्तु तथा सेवा ६० प्रतिशत अनिवार्य रुपमा निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी सो क्षेत्रमा उद्योगीहरुले जग्गा खरिद गर्न पाउने व्यवस्था पनि गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.