Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

यूएनडीपीले लगानी गरेर सांसद घुमाउनुमा उसकाे स्वार्थ छ- सांसद झपट रावल

जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन

User Photo आइतवार, बैशाख ८, २०७६

संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् ।

प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् ।

‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, यसमा आयोजकको कुनै न कुनै स्वार्थ छ’, कैलाली–२ बाट निर्वा्चित रावलले भने– ‘जसले लगानी गरेको छ, उसले आफूअनुसार सबैलाई प्रयोग गर्दछ, यो हाम्रो हितमा हुँदैन ।’

रावलले कुनै पनि दातृ निकायको सहयोग भएको आशंका गरेका कार्यक्रमहरु बहिष्कार गर्ने नीति नै बनाएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.