Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

धुर्मुसलाई रूवाउने १६ जना पक्राउ, स्थानिय पनि धुर्मुसकै पक्षमा

स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित

User Photo बिहिबार, जेष्ठ १६, २०७६
काठमाण्डाै ।

भरतपुर १५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको हो। नेकपाका नेतासमेत रहेका कँडेललाइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएकाे छ।

मुख्य आरोपितका रूपमा चर्चामा आएका कँडेल घटना भएको १२ घण्टापछि समातिएका हुन्। लुक्दै हिँडेका कँडेललाई विशेष सूचनाको आधारमा भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले बताए। यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा एकजना महिला पनि छन्। महिलाको स्वास्थ अवस्थालाई ख्याल राखेर दैनिक हाजिर हुने गरेर परिवारको जिम्मा लगाएको र अरूलाई हिरासतमै राखेको एसपी मल्लले बताए।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याहरूको स्थायी समाधान र कामको वातावरण तयार नभएसम्म काम स्थगित गरिएको बताए।

रंगशाला निर्माणस्थलमा बार भत्काउने कामप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको मागसमेत गरेका छन्। बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुखद भएको बताएकी छन्। उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेकी छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.