Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

याे बर्ष नेपालकाे आर्थिक वद्धि ७.१ प्रतिशत र औद्योगिक वृद्धि ८.१ प्रतिशत- विश्व बैंक

खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट जस्ता उपक्षेत्रमा पनि उल्लेख्य प्रगति

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

विश्व बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको जनाएको छ ।

एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ ।

पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । यस्तै रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ ।

कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको बताएको छ । यसका लागि सही समयमा राम्रो बर्षा पनि कारण भएको बैंकको ठहर छ ।

यस्तै बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको रिपोर्टमा उल्लेख छ ।

उसले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ । विजुलीको सहज उपलब्धताका कारण यस्तो अवस्था बनेको ठहर विश्व बैंकको छ ।

निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको निश्कर्ष छ । उसले यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ । यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएको रिपोर्टमा उल्लेख छ ।

सरकारी खर्च राम्रो नभएको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्ची जस्ता ठूला परियोजना पछि धकेलिएको उल्लेख गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.