Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

किसान सहित सुदूरपश्चिमका ९ सहकारी संस्था सम्मानित

User Photo शुक्रबार, चैत्र २०, २०७७
लम्की,कैलाली ।

कैलालीको लम्की चुहा नगरपालिकास्थित किसान बहुउद्देश्यीय सहकारी संस्थासहित सुदूरपश्चिमका ९ सहकारी संस्था सम्मानित भएका छन्।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार सम्मानित गरेको हो।
सम्मानित हुनेमा कञ्चनपुरको भीमदत्त.नगरपालिका १८ स्थित जनज्योति बचत तथा ऋण सहकारी, दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका ८ तल्चोरास्थित नेत्रज्योति कृषि सहकारी, अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकास्थित प्रगतिशिल कृषि सहकारी, बाजुरा जिल्लाको त्रिवेणी गाउँपालिकास्थित न्यू भिजन बचत तथा ऋण सहकारी, बझांङ जिल्लाको दुर्गाथली गाउँपालिका २ स्थित चौघारी बचत तथा ऋण सहकारी, डोटी जिल्लाको जोरायल गाउँपालिका १ स्थित वरपिपल बचत तथा ऋण सहकारी, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका ४ गोठलापानीस्थित जीवनज्योती बचत तथा ऋण सहकारी, र डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित शीर्ष साना किसान कृषि सहकारी संस्था सम्मानित भएको हो।
सो मन्त्रालय मातहतको रजिष्ट्रार अधिकारीको कार्यालयले आयोजना गरेको एक कार्यक्रमका बीच मन्त्री विनिता चौधरीले सम्मानित गरेकी हुन्। सुदूरपश्चिममा ३४० वटा सहकारी संस्था रहेका छन्।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.