Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

मापसेमा परे दुबईका पाइलट

User Photo
सोमवार, साउन १४, २०७५

फ्लाई दुबईका विमानचालक एम हुसेन अत्यधिक मादकपदार्थ सेवन गरी उडान भर्न विमानको ककपिटमा पुगेका थिए । पूर्वनिर्धारित तथा नियमित उडान तालिकाअनुसार आइतबार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट दुबई जाने तयारीमा रहेको ‘एफजेड–७३७’ कल साइनको विमान फ्लाई दुबईका पाइलट हुसेनले नै उडाउन जिद्दी गरे ।

मातेका हुसेनले चालक दलका सदस्यलाई समेत एकोहोरो मुख छाड्दै ककपिटमा कराउन थालेपछि सो विमानका अन्य चालक दलका सदस्यले तत्काल विमानस्थल कार्यालयमा उनको गतिविधिबारे जानकारी गराएका थिए । सोही जानकारीका आधारमा विमानस्थल प्रशासनले उनलाई विमानबाट ओरालेर मदिरा सेवनबारे परीक्षण गराउने बेथलाइजर मेसिन प्रयोग गरेको थियो । बेथलाइजर मेसिन प्रयोग गर्दा उनले मदिरा सेवन गरेको भेटिएपछि फ्लाई दुबईको सो समयको नियमित उडान रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले फ्लाई दुबईबाटै आधिकारिक रूपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको बताए । उनले सो विमानका अन्य कर्मचारीले आफ्ना पाइलट हुसेनले मदिरा खाएकोबारे बेथलाइजर मेसिन प्रयोग गरिदिन भनेकाले विमानस्थल प्रशासनले मापसे परीक्षण गर्दा मदिरा सेवन गरेको पाएपछि विमान उडान रद्द गरिएको बताए ।
मदिराले मातेका पाइलट हुसेनलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएको थियो । विमानस्थल प्रशासनले पाइलटको गतिविधि एकदमै असामान्य पाएपछि आफूहरूले उनलाई नियन्त्रणमा लिएको र फ्लाई दुबईकै अन्य कर्मचारीको जिम्मा लगाएर छाडिएको बताएको छ ।

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको विमान आइतबार साँझ अर्का पाइलट दुबईबाट मगाएर उडाइएको थियो । मापसे गरेका पाइलटको जबर्जस्ती उडान प्रकरणमा देखिएका सम्पूर्ण रिपोर्ट फ्लाई दुबईको केन्द्रीय कार्यालयमा पठाएको क्षत्रीले जानकारी दिए ।
‘मापसे गरी दुई पांग्रे र चारपांग्रे सवारी चलाउने चालकमाथि विगत लामो समयदेखि कडा कारबाही गर्दै आएको यस मुलुकमा टन्न मदिरा पिएर विमान उडाउन खोज्ने पाइलटलाई किन त्यसै छाडिन्थ्यो र ?’ विमानस्थल कार्यालयका एक कर्मचारीले भने,
‘विमानका पाइलटलाई पनि मापसे कानुन लाग्नेछ ।’ उनले यस्तोे विमानस्थल प्रशासनले दिएको विवरणकै आधारमा फ्लाई दुबईले पाइलटलाई कानुनी कारबाही गर्ने बताए ।

मापसे गरेका पाइलटको यस्तो हर्कतका कारण आइतबार दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै बस्न बाध्य भएका यात्रुहरू फ्लाई दुबईकै अर्को विमानमा साँझ ८ बजे मात्र उडेका थिए । विमानमा करिब २ सय जनाभन्दा बढी यात्रुले बोर्डिङ पास लिएका थिए । बिहान रोकिएका यात्रु लिन दुबईबाट अर्का पाइलट आएपछि साँझ ८ बजे नयाँ उडान तालिका तय भएको फ्लाई दुबईको नेपाल कार्यालयका स्टेसन म्यानेजर अबिक श्रेष्ठले जानकारी दिए । विमानस्थलमा यो पहिलो घटना भएको विमानस्थल प्रशासनले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.