Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

अस्ट्रेलियाले नेपाललाई एक जोडी कंगारु उपहार दिने

User Photo बुधबार, अशोज १०, २०७५

सिड्नी / अस्ट्रेलियाले नेपाललाई दुईवटा कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो ।

मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको भेटका क्रममा नपाललाई कंगारु उपहार दिने जानकारी दिइएको राजदूत शेर्पाले जानकारी दिइन् ।

यस्तै, भ्रमणमा राज्यका न्यायालयका प्रमुखसँग पनि भेट भएको थियो । उक्त भेटमा नेपालको न्यायिक निकायहरुसँग सहकार्य गर्ने सहमति भएको राजदूत शेर्पाले बताइन् । नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच सम्बन्ध स्थापित गर्ने सहमति पनि भएको छ ।

न्यू साउथ वेल्समा नेपालीहरुको संख्या बढेकोले सामुदायिक अनुदानहरु बढाउनु पर्ने, विद्यार्थीका समस्या तत्काल समाधान गर्ने, नेपाली समुदायलाई यहाँको बिशेष प्रतिष्ठानहरुमा सहभागी गराउनु पर्ने लगायतका विषयमा पनि सहमति भएको राजदूत शेर्पाले जानकारी दिइन् ।

नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसरमा २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने सोचाइ रहेको पाइएको राजदूत शेर्पाको भनाइ छ ।

राजदूत शेर्पाको न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमणले अस्ट्रेलियामा नेपाली समुदायका सकरात्मक पक्षहरु स्थापित गर्न सफल भएको न्यू साउथ वेल्सका नेपाली महाबाणिज्यदूत दीपक खड्काले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.