Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

रद्दी ह्यान्डराइटिङ लेख्ने चिकित्सकलाई अदालतले गर्‍यो कारवाही

User Photo
बिहिबार, अशोज १८, २०७५

चिकित्सकहरूले झुर ह्यान्डराइटिङमा प्रेस्क्रिप्सन लेख्ने गरेको त नौलो कुरा हैन । तर भारतको उत्तर प्रदेशस्थित एक अदालतले त्यसलाई रेकर्डमा राखेको छ ।

अल्लाहबाद उच्च अदालतको लखनउ बेन्चले केही नबुझिने अक्षर लेख्ने तीन छुट्टाछुट्टै चिकित्सकविरुद्ध पाँच पाँच हजार भारु जरिवाना लगाएको छ ।

गत साता सुनुवाइका लागि आएका तीनवटा फौजदारी मुद्दामा सीतापुर, उन्नाव र गोन्डा जिल्ला अस्पतालले पीडितको घाउजाँच प्रतिवेदनमा बुझ्नै गाह्रो हुने अक्षर लेखेका थिए ।

बेन्चले यसलाई अदालती कारवाहीमा पुर्‍याएको अवरोधका रूपमा लिँदै तीनैजना चिकित्सकलाई समाह्वान गरेको थियो । न्यायाधीशद्वय अजय लाम्बा र सञ्जय हरकौलीको इजलासले चिकित्सकहरूको निन्दा गर्दै प्रत्येकले अदालतसमक्ष
पाँच हजार भारु जरिवाना तिर्न लगाएको थियो ।

चिकित्सकहरूले चाहिँ आफूहरूलाई कामको बोझ ज्यादा भएकाले नबुझिने अक्षर लेखेको जिकिर गरे ।

अदालतले गृहसचिव, स्वास्थ्यसचिव र स्वास्थ्य विभागका महानिर्देशकलाई भविष्यमा स्वास्थ्य प्रतिवेदन बनाउँदा सजिलो भाषा र बुझिने अक्षरमा लेख्न लेखाउन निर्देशन दिएको छ । यस्ता प्रतिवेदनहरू कम्प्युटर टाइप गरेर दिन पनि
अदालतले सुझाव दिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.