Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

चीन कामजोर बनाउन माल्दिभ्स र श्रीलंकामा अमेरिकाको आँखा

User Photo
सोमवार, अशोज २२, २०७५

अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ देखिएको छ । पछिल्लो समय चीनको प्रभाव बढ्दो क्रममा रहेका उक्त मुलुहरुमा अमेरिकाले आँखा लगाएको हो । पछिल्ला केही कदमले अमेरिका कूटनीतिमा कमजोर बन्दै गएको अवस्थामा उसले आफ्ना शीर्ष राजनीतिक अधिकारलाई उक्त दुई मुलुकको भ्रमणमा पठाउने निर्णयमा पुगेको हो ।

अमेरिकी अधिकारीले आइतबार दिएको दिएको जानकारीअनुसार अक्टोबर ९ देखि ११ सम्म दक्षिण एर्व मध्य एसियाली मामिला ब्युरोकी उप सहायकमन्त्री एलिस वेल्सले माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्न लागेकी हुन् । समाचारमा बताइएअनुसार श्रीलंका र माल्दिभ्सको भ्रमणको क्रममा द्विपक्षीय साझेदारी तथा साझा हितको विषयमा छलफल हुने बताइएको छ ।


advertisement

वेल्सले मालेमा केही समयअघि मात्र भएको निर्वाचनमा जित हासिल गरेका इब्राहिम मोहम्मद सोलिह र सिभिल सोसाइटीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । माल्दिभ्समा केही समयअघि मात्र भएको निर्वाचनमा चीननिकट मानिने अब्दुल्लाह यामिनको हारसँगै अमेरिकाले आफ्नो विशेष दूत माल्दिभ्स पठाउन लागेको हो । वेल्सले श्रीलंका भ्रमणको क्रममा पनि वरिष्ठ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाकी अधिकारीको उक्त दुई मुलुकको भ्रमणको क्रममा भारत–प्रशान्त क्षेत्रमा साझा लक्ष्यको विषयमा छलफल हुने बताइएको छ । अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार उक्त दुई मुलुकहरुको सम्बन्धमा सुधारको लागि पनि यो भ्रमण निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ । चीनको प्रभाव श्रीलंका र माल्दिभ्समा व्यापक मात्रामा व्यापक मात्रामा बढिरहेको कारण त्यसलाई रोक्नका लागि अमेरिका अघि बढिरहेको हो ।

केही वर्षअघि भारतको उपस्थिति बलियो रहेका उक्त मुलुकहरुमा चीनको बढ्दो प्रभावसँगै अमेरिका चीनसँग सशंकित देखिएको हो । त्यसका साथै भारतसँगको चिसिँदो सम्बन्धको कारण पनि आफ्नो भारत–प्रशान्त क्षेत्रको योजनालाई अघि बढाउनका लागि साना मुलुकहरुलाई हातमा लिने अमेरिकाको प्रयास हुनसक्छ ।

भारत र चीनको लागि पनि यी दुई मुलुकहरुसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेको छ । व्यापारिक तथा आफ्नो प्रभाव विस्तारको हिसाबमा यी मुलुकहरुमा आफ्नो उपस्थिति दुवै मुलुकका लागि महत्वपूर्ण मानिन्छ । यस्तोमा भारत र चीन सो क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि लामो समयदेखि संघर्ष गरिरहेका छन् ।

यस्तोमा अमेरिकाले उक्त मुलुकहरुमा आफ्नो प्रभाव विस्तारको लागि आँखा लगाउनुलाई यी दुई मुलुकहरुले कसरी लिने हुन् भन्ने हेर्न बाँकी छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.