Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

चीन कामजोर बनाउन माल्दिभ्स र श्रीलंकामा अमेरिकाको आँखा

User Photo सोमवार, अशोज २२, २०७५

अमेरिकाको चासो माल्दिभ्स र श्रीलंकातर्फ देखिएको छ । पछिल्लो समय चीनको प्रभाव बढ्दो क्रममा रहेका उक्त मुलुहरुमा अमेरिकाले आँखा लगाएको हो । पछिल्ला केही कदमले अमेरिका कूटनीतिमा कमजोर बन्दै गएको अवस्थामा उसले आफ्ना शीर्ष राजनीतिक अधिकारलाई उक्त दुई मुलुकको भ्रमणमा पठाउने निर्णयमा पुगेको हो ।

अमेरिकी अधिकारीले आइतबार दिएको दिएको जानकारीअनुसार अक्टोबर ९ देखि ११ सम्म दक्षिण एर्व मध्य एसियाली मामिला ब्युरोकी उप सहायकमन्त्री एलिस वेल्सले माल्दिभ्स र श्रीलंकाको भ्रमण गर्न लागेकी हुन् । समाचारमा बताइएअनुसार श्रीलंका र माल्दिभ्सको भ्रमणको क्रममा द्विपक्षीय साझेदारी तथा साझा हितको विषयमा छलफल हुने बताइएको छ ।

वेल्सले मालेमा केही समयअघि मात्र भएको निर्वाचनमा जित हासिल गरेका इब्राहिम मोहम्मद सोलिह र सिभिल सोसाइटीका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । माल्दिभ्समा केही समयअघि मात्र भएको निर्वाचनमा चीननिकट मानिने अब्दुल्लाह यामिनको हारसँगै अमेरिकाले आफ्नो विशेष दूत माल्दिभ्स पठाउन लागेको हो । वेल्सले श्रीलंका भ्रमणको क्रममा पनि वरिष्ठ अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकाकी अधिकारीको उक्त दुई मुलुकको भ्रमणको क्रममा भारत–प्रशान्त क्षेत्रमा साझा लक्ष्यको विषयमा छलफल हुने बताइएको छ । अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार उक्त दुई मुलुकहरुको सम्बन्धमा सुधारको लागि पनि यो भ्रमण निकै महत्वपूर्ण हुनसक्ने देखिएको छ । चीनको प्रभाव श्रीलंका र माल्दिभ्समा व्यापक मात्रामा व्यापक मात्रामा बढिरहेको कारण त्यसलाई रोक्नका लागि अमेरिका अघि बढिरहेको हो ।

केही वर्षअघि भारतको उपस्थिति बलियो रहेका उक्त मुलुकहरुमा चीनको बढ्दो प्रभावसँगै अमेरिका चीनसँग सशंकित देखिएको हो । त्यसका साथै भारतसँगको चिसिँदो सम्बन्धको कारण पनि आफ्नो भारत–प्रशान्त क्षेत्रको योजनालाई अघि बढाउनका लागि साना मुलुकहरुलाई हातमा लिने अमेरिकाको प्रयास हुनसक्छ ।

भारत र चीनको लागि पनि यी दुई मुलुकहरुसँगको सम्बन्ध निकै महत्वपूर्ण रहेको छ । व्यापारिक तथा आफ्नो प्रभाव विस्तारको हिसाबमा यी मुलुकहरुमा आफ्नो उपस्थिति दुवै मुलुकका लागि महत्वपूर्ण मानिन्छ । यस्तोमा भारत र चीन सो क्षेत्रमा आफ्नो प्रभाव विस्तारका लागि लामो समयदेखि संघर्ष गरिरहेका छन् ।

यस्तोमा अमेरिकाले उक्त मुलुकहरुमा आफ्नो प्रभाव विस्तारको लागि आँखा लगाउनुलाई यी दुई मुलुकहरुले कसरी लिने हुन् भन्ने हेर्न बाँकी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.