Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

चन्दा कोचरको बहिर्गमन: आईसिआइसिआइको एउटा च्याप्टर सँधैकालागि बन्द, बजारमा यस्तो असर देखियो

User Photo
सोमवार, अशोज २२, २०७५

चन्दा कोचर, भारतकी भेट्रान बैंकर जसले आइसिआइसिआइ बैंकलाई भारतकै दोस्रो ठूलो बैंकका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिन् उनै कोचरले बिभिन्न आरोपहरुपछि बैंकको सिइओ पदबाट राजीनामा दिइन्।

कोचरको बहिर्गमनले उनको भावी दिनकालागि अनिश्चितता लिएर आएपनि बैंककै फाइदामा भएको बिश्लेषकहरुले बताएका छन्।

चन्दा कोचरलाई २ दशकदेखि भारतकै सबैभन्दा चर्चित बैंकरका रुपमा लिइन्छ। तर उनको बहिर्गमन उनले चाहे जसरी भने भएन। यति लामो र सम्मानित बैंकरको रुपमा रहेकी चन्दा कोचर भिडियोकोनलाई ऋण दिने विषयको विवादमा फसिन्। चन्दा कोचरले पदावधि समाप्त हुनु अगावै बोर्ड समक्ष राजीनामा बुझाइन्।

गत बिहीबार अचानक परिदृश्य फरक भयो। बैंकको बोर्डले उनले दिएको राजीनामा पत्र स्वीकार गर्यो। बोर्डले तत्काल आइसिआइसिआइ ग्रुपकै भेट्रान बैंकर सन्दीप बख्शीलाई नयाँ सिइओका रुपमा चयन गर्यो। बख्शीले आगामी पाँच वर्षका लागि एमडी तथा सिइओका रुपमा कमान सम्हाले।

त्यसै दिन बिएसईमा बैंकको शेयर ४.०७ प्रतिशतले बढ्यो। यो लगानीकर्ताहरुको मनमा रहेको अनिश्चितता हटेको संकेत थियो। किनभने उनीहरु कोचर बिबादका कारण बैंकको भविष्यलाई लिएर लामो समयदेखि चिन्तित थिए।

‘अनिश्चितता हटेको छ अब बैंक अघि बढ्न सक्छ।’- बैंकका पूर्व अध्यक्ष एन भागौलले भने। कोचरको सुरुवाती दिनमा भागौलकै निर्देशनमा रहेकी कोचरको भविष्य के हुने भन्ने बारेमा भने उनले केही बोल्न चाहेनन् बरु बख्शीका बारेमा उने भने-‘बख्शीले बीमा क्षेत्रमा आफ्नो अनुभव र नेतृत्वलाई प्रमाणित गरिसकेका छन्। यसबाट बैंकले राम्रो गर्नेमा आशावादी छु।’

५६ वर्षकी कोचरलाई सन् २०१२ मा भिडियोकोन ग्रुपलाई ऋण दिँदा आफ्नो श्रीमानको कम्पनीलाई लाभ हुने गरी काम गरेको आरोप लागेको छ। पहिले बैंकको बोर्डले कोचरको पक्ष लिँदै आएको थियो।

तर सन् २०१८ को मार्चमा भने बोर्डले पनि केही कदम अघि बढायो। बैंकका अध्यक्ष एम के शर्माले भारतका टप म्युचुअल फण्ड हाउस तथा संस्थागत लगानीकर्ताहरुसँग भेट गरे। उनको यो कदमले ‘ब्यक्ति भन्दा संस्था ठूलो हो’ भन्ने तथ्यलाई बल पुग्यो।

जुन महिनामा बैंकले कोचर लामो बिदामा रहेको जानकारी दियो। तर बैंकको बोर्डमाथि उनको नेतृत्वबारे कडा प्रश्न राख्न नसकेकोमा असक्षमको ट्याग समेत लाग्यो।

कोचरले सन् १९८४ मा म्यानेजमेन्ट ट्रेनीका रुपमा आइसिआइसिआइ ज्वाइन गरेकी थिइन्। सन् १९९३ मा जब आइसिआइसीआइ ग्रुप कमर्सियल बैंकिङमा आयो त्यसै बेलादेखि कोचर लाइमलाइटमा आइन्।

उनले बिगत १५ वर्षदेखि बैंकलाई मेजर रिटेल फाइनान्सरका रुपमा स्थापित गराउनमा उनको ठूलो योगदान छ।

कोचरको समय अघिकै राजीनामाले उनको बहिर्गमनलाई पनि सकारात्मक बनाएको छ। बैंकले जारी गरेको बिज्ञप्तीमा बैंकको बोर्डले यस बाट भावी दिनमा कोचरमाथि हुने अनुसन्धानबाट प्रभावित नहुने भनेको छ। सन् २०१८ को लागि कोचरले तलब तथा भत्ताबापत ५ करोड ६२ लाख रुपैयाँ बुझेकी छिन्।

आफूमाथि आरोप लागेदेखि नै कोचर सार्वजनिक रुपमा देखिन छाडेकी थिइन्। अप्रिल महिनामा बैंकको सिइओका रुपमा उने मुम्बइमा भएको इकोनोमिक समिटमा भाग लिएकी थिइन्।  उनले सेप्टेम्बरमा भएको बैंकको बार्षिक साधारणसभा समेत भाग लिइनन्।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.