Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

तापमान वृद्धि राेक्न विकसित देशकै आनाकानी, गलत बाटाेमा विश्व

विश्व सही बाटोमा अघि बढेकाे छैन- महासचिव (संयुक्त राष्ट्र संघ)

User Photo सोमवार, बैशाख ३०, २०७६
काठमाण्डाै ।

जलवायु परिवर्तनबाट बढिरहेको विश्वव्यापी तापक्रम भयावह हुन नदिन विश्व ‘सही बाटोमा अघि नबढेको’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन्।दक्षिण प्रशान्त क्षेत्रको भ्रमणमा रहेका राष्ट्र संघ प्रमुखले न्युजिल्यान्डमा आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘पेरिस सहमतिले परिभाषित गरेको उद्देश्य प्राप्तीका लागि गर्नुपर्ने काम हामीले कुनै पनि ठाँउमा नभएको प्रष्ट देखिन थालेको छ।’

अन्तर्राष्ट्रिय राजनीतिक संकल्प हराउँदै गएको उनको भनाइ थियो। ‘खासगरी यसबाट साना टापुहरू जो समुद्री सतहबाट निकै नजिकको उचाइमा छन्’, उनले भने, ‘तापक्रम वृद्धिबाट धेरै प्रभावित भइरहेका छन्।’

जलवायुसम्बन्धी पेरिस सम्झौताले विश्वव्यापी तापमान वृद्धिदर औद्यौगिक क्रान्तिपूर्वको तापक्रम वृछि अर्थात् डेढ डिग्री सेल्सियसमा सीमित गर्ने योजना अघि सारेको भए पनि यसलाई कार्यान्वयन गर्न तापमान वृद्धिमा उल्लेख्य भूमिका खेल्दै आएका विश्वका विकसित तथा सम्पन्न कतिपय देशले नै आनाकानी गरिरहेको उनको भनाइ थियो।

विरोधाभासपूर्ण तथ्य के छ भने पृथ्वीको तापक्रम निरन्तर बढ्दै गएको तर राजनीतिक कदम विस्तारै प्रभावहीन बन्दै गएको उनले अकल्यान्डमा न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनसँग गरेको संयुक्त प्रेस सम्मेलनमा बताए। रासस


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.