Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

युवतीलाई अपहरण गरेर यौन दासी बनाउने गरेको दाबी

आठ–नौ वर्षका बालिकालाई यौन उत्पीडनको शिकार

User Photo मङ्लबार, जेष्ठ ७, २०७६
काठमाण्डाै ।

हरेक वर्ष उत्तर कोरियाका हज्जारौं महिला तथा युवतीलाई चीनमा देह व्यापारका लागि भित्र्याइने एक रिपोर्टमा दाबी गरिएको छ ।

ण्डनस्थित ‘कोरिया फ्युचर इनिशिएटिभ’ को रिपोर्टमा उत्तर कोरियाली महिला तथा युवतीलाई अपहरण गरेर ‘वेश्या’को रुपमा बेचिने उक्त रिपोर्टमा भनिएको छ ।

रिपोर्टमा उनीहरुलाई चीनियाँ पुरुषसँग विवाह गर्नका लागि पनि बाध्य बनाइने बताइएको छ ।

साथै रिपोर्टमा दाबी गरिए अनुसार चीनमा आपराधिक संगठन ‘सेक्स ट्रेड’ मा सक्रिय छ र यो ट्रेड वार्षिक १० करोड डलरको छ ।

उत्तर कोरियाका महिला यसकारण पनि सेक्स ट्रेडमा फस्छन् किनभने यदि उनीहरु फिर्ता भएभने उनीहरुले अत्यधिक प्रताडनाको सामना गर्नुपर्छ ।

रिपोर्टका लेखक योन ही–सोन भन्छन्, ‘महिलालाई ३० चीनियाँ युआनका लागि मात्रै वेश्या बनाइन्छ । हजार युआन तिरेर उनीहरुलाई श्रीमती बनाएर बेचिन्छ ।’

रिपोर्टका अनुसार उत्तर कोरियाली महिलालाई उत्तर–पूर्वी चीनियाँ जिल्लाका वेश्यालयमा दासी बनाएर राखिन्छ । त्यहाँ धेरै आप्रवासी कामदार रहेका छन् ।

आठ–नौ वर्षका बालिकालाई पनि यौन उत्पीडनको शिकार बनाइन्छ । उनीहरुलाई वेबक्याममार्फत् निकै टाढा बसेका ग्राहकसम्म पुर्याइन्छ । यीमध्ये धेरैजसो ग्राहक दक्षिण कोरियाका हुने बताइन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.