Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

रोनाल्डोको ह्याट्रिक संगै पोर्चुगल युरोपियन नेसन्स लिगको फाइनलमा

अन्तिम तीन मिनेटमा रोनाल्डोले गरे दुई गोल

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरे ।

खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार पोर्तोमा हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.