Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

चिनियाँ कोरोना एक्सपर्टकाे दावी- चार हप्तामा कोरोना विश्वबाट उन्मुलन हुन्छ

User Photo बिहिबार, चैत्र २०, २०७६
काठमाण्डाै ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रकोपले विश्वनै ग्रस्त छ । जसका कारण धेरै देशहरु ‘लकडाउन’मा छन् । जनजीवन अस्तव्यस्त छ भने आर्थिक अवस्था पनि क्रमश नाजुक हुने क्रममा छ ।

यस्तैमा चीनका कोरोना भाइरस एक्सपर्टले भने आगामी चार हप्तामा कोरोना भाइरस विश्वबाट उन्मुलन हुने दावी गरेका छन् ।

उनले कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्ने र चीनमा दोस्रो पटक कोरोना संक्रमितको संख्या पनि नदेखिने उनको दावी छ । यो दावी डा. झांग नेनशनले गरेका हुन् । उनी चीन सरकारले बनाएको कोरोना भाइरसविरुद्धको अभियानका व्यक्ति हुन् ।

८३ वर्षीय डा. झाँगले भने ‘चीनमा कोरोना भाइरसले फेरि हमला गर्ने छैन । यसको मनिटरिङ सिस्टम हामीले बलियो बनाएका छौं । उनले यो कुरा एक टेलिभिजन अन्तरवार्ताका क्रममा भनेका थिए । उक्त अन्तरवार्ता डेलीमेलको वेभसाइटमा पनि प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.