Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

डब्लूएचओकाे गम्भीर चेतावनी- ‘विश्वले अझै नराम्रो रुप देख्नेछ’

भाइरसविरुद्धको खोप नबनेसम्म स्थिति सुधार नहुने

User Photo बुधबार, बैशाख १०, २०७७
काठमाण्डाै ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. टेड्रोस एडहानम घेब्रेयेसले कोरोनाकै कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनको भूमिकाबारे निरन्तर आलोचना गरिरहँदा र भाइरस चीनले बनाएको हुनसक्ने आरोप लगाइरहँदा डा टेड्रोसले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’

मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्ध लड्ने प्रतिरोधी क्षमता भएको दाबी गर्दै भाइरसविरुद्धको खोप नबनेसम्म स्थिति सुधार नहुने बताएका छन् ।

विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न अपिल उनले भने, ‘यो अवस्था एकदमै खतरनाक अवस्था हो । अहिलेको अवस्था सन् १९१८ मा देखिएको फ्लुको महामारीजस्तै हो, जुन फ्लुले विश्वमा ५ करोडभन्दा बढी मानिसको ज्यान लिएको थियो ।’ तर उनले अहिले प्रविधिको विकास धेरै अघि बढिसकेकाले यसको सहयोगबाटै विपत्तिबाट बच्न सकिने पनि बताए ।

‘हामीलाई विश्वास गर्नुहोस्, यस प्रकोपलाई रोक्न सबै अघि बढौं, किनकि यो यस्तो भाइरस हो, जुन मानिसहरुले अझै बुझिसकेका छैनन्,’ डा टेड्रोसले भने, ‘हामीले सुरुदेखि नै चेतावनी दिँदै आएका छौँ कि यस्तो सैतानका विरुद्ध हामी सबै मिलेर लड्नुपर्छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.