Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

विश्वभर २७ लाख ९० हजार संक्रमित, १ लाख ९५ हजारको मृत्यु

अमेरिकामा मात्रै ९ लाख संक्रमित

User Photo शनिबार, बैशाख १३, २०७७
काठमाण्डाै ।

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् । स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ । बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र पाँच हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.