Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

भारतको उत्तराखण्डमा हिमपहिरोः ५० जनाको शव र २३ मानव अंग भेटियाे, १५० अझै बेपत्ता

User Photo सोमवार, फाल्गुन ३, २०७७
काठमाण्डाै ।

भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।

‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती सबै शवको पहिचान भइसकेको छ । यसमा नेपालीहरु छैनन् ।

ती शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अंग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अंगहरू भेटिएका हुन् । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपहिरोका कारण झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर हुन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको थियो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, विहार, झारखण्डका रहेका छन् । त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन् । गत सोमबार चमोली प्रहरीले बेपत्ता भएकाहरुको सूची सार्वजनिक गरेको थियो, जसमा ११ जना नेपालीहरुको नाम छ । उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन ।

हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरो बढी नै जान थालेको विज्ञले औंल्याएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.