Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

बंगलादेशकी प्रधानमन्त्री रोएको फोटोमा टिप्पणी ‘गोहीको आँसु’

User Photo शुक्रबार, साउन ११, २०८१
काठमाण्डौ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना एउटा रेल स्टेसनमा सुकसुकाउँदै रोएको फोटो सार्वजनिक भएको छ । सरकार विरोधी प्रदर्शनमा रेल स्टेसन ध्वस्त भएपछि उनी रोइकी थिइन् । उनको यो रुबाईलाई धेरैले ‘गोहीको आँसु’ भनेर टिप्पणी गरेका छन् ।

सरकारी क्षेत्रका जागिरमा स्वतन्त्रता सेनानीका सन्तानलाई अरक्षण दिइने व्यवस्थाको विरोधमा देशभरमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरू बिच भएका झडपमा बङ्गलादेशमा हालै कम्तीमा पनि १५० जनाको मृत्यु भएको थियो ।

सुरक्षा बलले अत्यधिक बल प्रयोग गर्दा उच्च सङ्ख्यामा विद्यार्थीको मृत्यु भएको थियो । मारिनेमा केही प्रहरीहरू पनि छन् । प्रदर्शनकारीहरूले आरक्षण खारेज गर्न सरकारसँग माग गरिरहेका छन् ।

यहीबीच मेट्रो स्टेसन ध्वस्त भएको देखेर उनी रोएको समाचारमा उल्लेख छ । निटिजनहरूले विरोध प्रदर्शनमा मृत्यु भएका विद्यार्थी र तिनका परिवारप्रति यहीस्तरको समवेदना नदेखाएको आरोप हसिनामाथि लगाएका छन् । बिहिबार मिरपुर शहरमा मेट्रो रेल स्टेसनमा भएको क्षति हेर्न हसिना त्यहाँ पुगेको बेलामा सो फोटो खिचिएको थियो ।

स्टेसनमा टिकट भेन्डिङ मेशिन र सिग्न नियन्त्रण स्टेसन ध्वस्त भएका छन् । फोटोमा हसिना रिसाएकी अनि टिस्युले आफ्ना आँसु पुछिरहेको देखिन्छिन् । ‘कस्तो खालको मानसिकताले सर्वसाधारणको जीवन सहज बनाइरहेको सुविधालाई ध्वस्त पार्न प्रेरित गर्‍यो ? ढाका सहर ट्राफिक जामले भरिएको छ । मेट्रो रेलले केही भए पनि राहत दिइरहेको थियो । आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यातायात सुविधामाथि तोडफोड म कदापि सहन सक्दिन,’ हसिनाको भनाई उद्धृत गर्दै स्थानीय दैनिक पत्रिका द बिजनेश स्ट्यान्डर्डले समाचारमा छापेको थियो ।

# अन्तर्राष्ट्रिय # शेख हसिना

Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.