Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

पेट्रोलियम र ग्यासको विषयमा छलफल गर्न बुधवार बोलाईएको नेपाल–भारत संयुक्त कार्यदलको बैठक बिहीवार बस्ने

User Photo
बुधबार, अशोज १०, २०७५

पेट्रोलियम र ग्यासको विषयमा छलफल गर्न बुधवारका लागि तय गरिएको नेपाल–भारत संयुक्त कार्यदल (जेडब्लूजी)को बैठक स्थगित भएको छ । संयुक्त कार्यदलको बैठकमा नेपाल भारतबीच हुने पेट्रोलियम र ग्यास आयातको विषयमा छलफल गर्ने तय भएको थियो ।

बुधवार विहान भारतीय दूतावासले अचानक बैठक सरेको जानकारी गराएको हो । बैठक सर्नुको विषयमा जानकारी दिंदै नेपालस्थित भारतीय दूतावासका द्धित्तीय सचिव रोशन लोप्चाले बैठकमा सहभागि हुने केहि अधिकारीको अनुपस्थितिका बुधवारको बैठक स्थगित भएको बताए । उनले यो बैठक बिहीवार आयोजना हुने जानकारी दिएका छन् ।

लोप्चाका अनुसार बिहीवार भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान पनि नेपाल आउँदै छन् । उक्त बैठकमा मन्त्री प्रधानको समेत सहभागिता हुने छ । भारतीय मन्त्री नेपाल आउनु अगाडि बुधवार बस्ने संयुक्त बैठकमा नेपालमा भारतबाट हुने पेट्रोल तथा ग्यास आयातको विषयमा छलफल गरी नयाँ सहमति कायम गर्ने तयारी थियो ।

बिहीवार बस्ने बैठकमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भइरहेको पेट्रोलियम पाईपलाईन र ग्यासको आयातको विषयमा पनि छलफल हुने जानकारी दिईएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.