चामल किन्न १० दिन पैदल

मुगु ।  हुम्लाको सर्केगार्ड गाउँपालिका २, उनपानीकी ४५ वर्षीया कन्नसिला फडेरा आवश्यक बन्दोबस्ती सामग्री पिठ्युँमा बोकेर पाँच दिनपछि गमगढी आइपुगिन् ।

गमगढीबाट खसी र भेडामा चामल बोकाएर घर फर्किन उनलाई थप पाँच दिन लाग्छ।  उनीसँगै चामल किन्न आएकी ५० वर्षीया भ्याल्ली फडेरी पाँच क्विन्टल चामल लिएर गाउँ फर्किने तयारीमा छिन्।

यी दुई मात्र होइन, हुम्लाको सर्केगार्ड र चंखेली गाउँपालिकावासी चामल लिन १० दिन हिँडेर गमगढी आइपुग्छन्। मुगुबाट दुःखकष्ट गरेर लिएको चामल एक महिना पनि नपुग्ने उनीहरूका भनाइ छ।

मुगु सदरमुकाम आएर चामल लिनुको विकल्प छैन। स्थानीयका अनुसार सर्केगाड डिपोमा चामल ढुवानी नभएको लामो समय भयो।

स्थानीयलाई सिमकोट पुग्न तीन दिन लाग्छ तर त्यहाँ पनि चामल नपाउँदा अधिकांश किसान मुगु आउनैपर्छ।
गमगढीमा प्रतिकिलो ५० रुपैयाँमा पाइने चामल गाउँ पुग्दा २ सयसम्म पर्ने स्थानीये बताए ।,  कान्तिपुर दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

View all articles by
बिहि, मंसिर ६, २०७५ (November 22, 2018, 7:00 am) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै