Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

भाेली देखी फेरी भारी वर्षा हुने, सतर्कता अपनाउन मौसमविदकाे सुझाव

User Photo आइतवार, साउन ५, २०७६
काठमाण्डाै ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’ यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।

‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.