Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

काठमाडौंसहित देशभर चिसो बढ्याे, बुधबारबाट मौसममा सुधार हुने विभागकाे अनुमान

जुम्लाको तापक्रम माइनस ७ डिग्री, काठमाडौंकाे ६ डिग्री मापन

User Photo सोमवार, मंसिर ३०, २०७६
काठमाण्डाै ।

वर्षा र हिमपातपछि काठमाडौंसहित देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पश्चिमी वायुको प्रभावले देशभरको तापक्रम घटेको छ ।

सोमबार बिहान जुम्लाको तापक्रम माइनस ७ डिग्रीमा झरेको छ । बिहान तापक्रम घटे पनि दिउँसो यहाँको अधिकतम तापक्रम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण विभागले गरेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सोमबार बिहान ६ डिग्री मापन भएको छ । बिहान चिसिएको काठमाडौंको तापक्रम दिउँसो भने १५.७ डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । तापक्रम घटेकाले काठमाडौंमा बिहान चिसो महसुस भएको छ ।

विभागका अनुसार, सोमबार देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा हिमपात हुनसक्छ । बुधबारबाट भने विद्यमान मौसमी प्रणालीमा सुधार आउने विभागको भनाइ छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.