Naya Media
बुधबार, पुस १६, २०८२
| | December 31, 2025
बुधबार, पुस १६, २०८२

पोखराकी ५५ वर्षीया महिलामा काेराेना पोजिटिभ

User Photo
बुधबार, बैशाख ३, २०७७
काठमाण्डाै ।

पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा- १२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.