Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कर्णालीमा गैरकानुनी नदिजन्य उत्खनन रोकिएन, स्थानीय सरकार बेखबर

User Photo शुक्रबार, चैत्र २०, २०७७
लम्की,कैलाली ।

कर्णाली नदिमा मापदण्ड विपरीत जेसिबी लगाएर नदिजन्य पदार्थ उत्खनन भइ रहेको पाइए पछि स्थानिय सरकारले वास्था नगरी रहेको बेला बाफर नेपालले फेरि अनुगमन गरेको हो । लम्की चुहा नगर पालिका वडा नम्बर ३ र जानकि ९ मा पर्ने कर्णाली नदिमा जेसिबी लगाएर अन्धाधुन्ध उत्खनन व्यापक मात्रामा भइरहेको छ ।

लम्की चुहा नगरपालिकाको हकमा IEE गरेको क्षेत्र भएपनी तोकिएको मापदण्ड विपरीत उत्खनन् भइ रहेको हो । यता जानकी गाउँपालिका ९ को क्षेत्रमा अनुमती नलिएरै एस्काभेटर लगाएर रानी जमरा कुलरिया सिचाइ आयोजना नहरको ५० मिटर छेउ बाटै उत्खनन भइ रहेको छ ।

लम्की चुहा नगरपालिकाको IEE प्रतिबेदनमा कर्णाली नदि साईडमा ०.६ मिटर जमिन तिर खन्न भनिए पनि उक्त ठाउँमा भने ४ मिटर गहिराइ सम्म कनेको पाईएको छ ।

लम्की चुहा ३ को बल्चौर नजिक जानकी गाउँपालिकाको क्षेत्रमा नहरको छेउ ५० मिटर नजिक एस्काभेटरले उत्खनन गरि रहेको पाईएको छ ।

लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले अनुगमनमा चासो नदिए पछि बाफर नेपालले मापदण्ड विपरीत उत्खनन भइ रहेका ठाउँहरुको अनुगमन गरेको छ ।

बाफर नेपालको अगुवाईमा लम्की चुहा नगरपालिकाकि उप प्रनुख टीका थापा,वडा नम्बर ३ का अध्यक्ष भक्त चलाउने वडा नम्बर १ का अध्यक्ष जनक बम,वडा सदस्य चन्द्र बिक,सव डिभिजन कार्यालय लम्की प्रमुख सोमलाल घलान, जिल्ला समन्वय समितिका प्रतिनिधि र सरोकार वालाले अनुगमन गरेको हो ।

अनुगमन गर्न पुग्दा एक टिप्पर चालकले लम्की चुहा नगरपालिकाले अनुमती दिएको एक पत्र देखाए तर त्यो पत्रमा नगरपालिकाले कति खन्ने भनेर मापदण्ड नै नतोकेरै पठाएको छ ।

उक्त पत्रमा यस्तो लेखिएको थियो

“नगर कार्यपालीकाको कार्यालय भल्का कैलाली

विषय : सिफारिस सम्बन्धमा

श्री जो जससगं सम्बन्ध राख्दछ ।

उपरोक्त सम्बन्धमा यस लम्कीचुहा नगरपालीकामा शजिदेव निमार्ण सेवा प्रा.ली. महेन्द्रनगर , कञ्चनपुरले पेश गरेको निवेदन अनुसार उक्त फर्मको जानकी गाउँपालीका ५ पथरैया स्थित कर्णाली क्रसर उधोगको लागी आवश्यक ग्राभेल ढुवानीको लागी तपसिल उल्लेखित भ्याकुलोडर , तथा टिपर,ट्याक्टरहरु नियमानुसारको राजश्र दाखिला गरि IEE को प्रतिवेदमा उल्लेखित शर्त बमोजिम कर्णाली नदिमा प्रवेशको लागी मिती २०७७–११—१९ गतेदेखी मिती २०७७–१२—१८ गते सम्मको लागी अनुमती दिइएको व्यहोरा अनुरोध छ ।
तर यो पत्रमा कहि पनि कति खन्ने भन्ने मापदण्ड तोकेको छैन ।

अनुगमन पछि लम्की चुहा नगरपालिकाकि उप प्रमुख टीका थापाले नगर प्रमुखले आफुलाई ठेक्का पट्टा गर्दा नगर प्रमुखले सहभागी नगराउने बताउदै तानाशाही हिसाबले काम गरेको आरोप लगाउनु भयो । आफुले जति बोलेपनी नगर सरकार प्रमुखले चासो नदेखाएको बताउनु भयो ।

वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउनेले उत्खनन गर्दा जानी जानी उत्खनन गरेको बताउदै जानकी र लम्की चुहाले व्यापक अनुगमन गर्नु पर्नेमा जोड दिनु भयो ।

सव डिभिजन बन कार्यालय लम्कीका प्रमुख सोम लाल घलानले यो ठुलो वेतिथि भएकै बताउदै बस्ती,तटबन्ध पुल नजिकको ५०० मिटर देखि एक हजार मिटर नजिकबाट उत्खनन गर्न नपाइने बताउदै सम्बन्धित निकाय नगरपालिका जिल्ला समन्वय समितिले प्रवाकारी तरिकाले अनुगमन नगरेको बताउनु भयो । टेन्डर दिएर जे गछौ गर भन्या जस्तै गरि स्थानीय तहले छोडेको बताउनु भयो । नदिले खोलानाला ढुङ्गा, गिट्टी लगायत खोलाहरुको जिम्मा स्थानीय तहलाई दिएको हुनाले यो जिम्मा स्थानीय सरकारले लिनु पर्ने बताउनु भयो । अनुगमनमा आफुहरु सहजीकरणको भुमिकामा रहने उहाँको भनाई छ ।

बाफर नेपाल अध्यक्ष उजिर सुनारले आफुहरुको संस्था वातावरणको क्षेत्रमा काम गर्ने भएकोले भोलिका दिनमा पर्ने असरहरु बारे सचेता होस् भनेर अनुगमनमा आएको बताउदै लम्किचुहा नगरपालिका भित्र टेन्डर भएका IEE गरिएका ठाउहरुमा के कसरी उत्खनन भई रहेको छ भन्ने लगाएतका कुराहरू बुझ्नु आफुहरु अनुगमनमा जादा मापदण्ड बिपरित कानुन मिचेर उत्खनन गरेको बताउनु भयो । पहिलो अनुगमन बारे सबै कुरा स्थानिय सरकार प्रमुख लाई जान्कारी गराए पनि चासो नदेखाएको बताउनु भयो ।

बाफर नेपालकि कार्यक्रम संयोजन ममता रावलले अनुगमन गर्दा IEE को मापदण्ड विपरीत उत्खनन गरेको भन्दै नगर सरकारले छिटै कार्वाही प्रक्रिया अगाडि बढाउनु माग गर्नु भयो ।

लम्की चुहा नगर सरकारले बाहिर जे कुरा गरेको भएपनी गहन ढंगबाट अनुगमन नगरेको पाईन्छ । नगर सरकार पुर्ण रुपमा एक्सनमा उत्रेर अनुगमन गरोस् र गलत काम गर्ने लाई कार्वाही गरोस् ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.