Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कर्णाली चिसापानीमा बेपत्ता विद्यार्थीको शव अझै भेटिएन

User Photo शनिबार, चैत्र २८, २०७७
लम्की,कैलाली ।

कर्णाली चिसापानीमा बेपत्ता विद्यार्थीको खोजी कार्य तिब्र पारिएको छ । शनिवार दिउँसो करिव ३ बजे तिर कैलालीको लम्कीमा रहेको ब्राईट फ्युचर ईङलिस मिडियम स्कुलमा कक्षा १० मा अध्यानरत ८ जना विद्यार्थी चिसापानी घुम्न गएका थिए ।

उनीहरू मध्य ५ जना पुलको छेउमा फोटो खिचिरहेका थिए र ३ जनाले पुलको बिच भागबाट हाम फालेका थिए । उक्त सुचना पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दिर्ग बोगटिको कमाण्डमा खटिएको प्रहरी टोलिले दुई जना लाई सकुसल उद्दार गरेको थियाे भने एक जना बेपत्ता भएका थिए ।

र्‍याप्टिङ बोटको सहायताले लम्कीचुहा १ थकालीपुर बस्ने केशब सिंहका छोरा वर्ष १७ को बिरेन्द्र सिंह र थपालीपुरकै देवराज प्याकुरेलका छोरा वर्ष १८ का लोकेश प्याकुरेललाई शकुशल उद्धार गरिएकाे र लम्की चुहा- २ अमरपुर बस्ने वर्ष १८ को संजय खड्का बेपत्ता भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिनु भयो ।

लोकेश र केसबले सुरुमा हाम फालेपछि उनिहरु लाई बचाउन बिरेन्द्र सिह गएको बुझिएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.