Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

लम्की चुहा नगरपालिकामा जग्गा नाप जाच कार्यको आज बाट सुरुवात

मङ्लबार, चैत्र १, २०७८
काठमाण्डौ ।

कैलालीको लम्की चुहा नगरपालिकामा राष्ट्रिय भुमि आयोग स्थानिय केन्द्र द्वारा भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी हरुको जग्गा नाप जाच कार्यको सुरुवात गरिएको छ । उक्त कार्यको सुरुवात लम्की चुहा नगरपालिका वडा नम्बर ५ बाट गरिएको छ ।
नाप नक्सांकन कार्यक्रमको उद्घाटन गर्दै लम्की चुहाका नगर प्रमुख महादेव बजगाईँले आफूले जनता माझ गरेको प्रतिवद्धता पूरा गर्न लागको बताए ।
वडा नं ५ की अध्यक्ष माया बिष्टले भूमिहीनको लामो समय देखिको समस्या समाधान हुन लागेको बताइन् । ‘ राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र लम्कीचुहाका संयोजक बिरेन्द्र शाहीले पहिलो चरणमा तीन वडामा जग्गा नापको काम सुरु हुने कार्यक्रम अनुसार आज वडा नम्बर ५ मा भएको बताए ।
साथै, संयोजक शाहीले अब वडा नम्बर २ र वडा नम्बर ४ त्यसपछि वडा नम्बर ३ मा नापको काम सम्पन्न गर्न दुई महिनाको समय लाग्ने जानकारी दिए । वडा नम्बर ५ मा एघार सय २१ कित्ता नाप जाँच गर्नु पर्ने छ । यस वडामा भूमिहीन दलितका एक सय ६१, भूमिहीन सुकुम्बासीका दुई सय १८ र अव्यवस्थित बसोबासीको सात सय ४२ परिवार गरि जम्मा चौध सय ८५ ले फाराम भरेका थिए । लम्कीचुहा नगरपालिकामा १७ हजार दुई सय ३३ ले फाराम भरेका छन् ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.