सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह अछाममा रहेको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रमा पुगेर अवलोकन गरेका छ्न । रामारोशनमा रहेको पर्यटकीय क्षेत्र बाट्टुला ताल , जिगले ताल र रोशन चउरको स्थलगत अवलोकन गरेका हुन । साथमा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा , सुदूरपश्चिम प्रदेशसभा सदस्य झपट बहादुर साउँद , रामारोशन गाउँपालिकाका अध्यक्ष मान बहादुर साउँद जनप्रतिनिधि , कर्मचारी , स्थानीयहरूको सहभागीता रहेको थियो ।
रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो।
स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस निति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र क्षेत्रको विकास हुने र पर्यटन क्षेत्रले आर्थिक सम्वृद्विमा महत्त्वपूर्ण टेवा पुग्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा संभव भएसम्म सरकार आफैं पुगेर बुझ्ने र निति निर्माण गरेर अगाडि बढ्ने बताएका छन् ।
मुख्यमन्त्री शाहले भने रामारोशन क्षेत्रमा आउने गतिलो बाटो छैन पर्यटक बस्न राम्रो होटेल छैन यसमा के गर्न सकिन्छ त्यो अध्यायन गरेर सरकार अगाडि बढने गर्ने उनले बताए । रामारोशन क्षेत्रमा प्राकृतिक र धार्मिक महत्व के छ भन्ने कुरा भन्ने कुरा बुझाउन जरुरी रहेकोमा जोड दिए ।
यस्तै भौतिक पुर्वाधार विकास मन्त्री देउवाले विगतको सरकारले तल्लो तहका सरकारसँग समन्वय नगरेको देखिएकाले यसपटक स्थलगत अवलोकनका पहिलोपटक रामारोशन पर्यटकीय क्षेत्रमा पुगेको बताए ।
मुख्यतः सडकको समस्या भएको बताउँदै मन्त्री देउवाले सडकको स्थलगत अनुगमन गरिसकेको र अब मन्त्रालयमा गएपछि सबै पक्षसँग छलफल गरेर समस्या समाधान तर्फ अगाडि बढाइने बताए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य साउँदले विगतमा के भयो भन्नेमा भन्दापनि आगामी दिनहरूमा परिणाम देखिने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रामारोशन गाउँपालिकाका अध्यक्ष साउँदले स्थानीय तहले गर्न सक्ने अवस्था नरहेकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विकासमा जोड दिने बताउनुभयो ।
अवलोकन कार्यक्रममा पुर्व मन्त्री गोविन्द बहादुर शाह , जनप्रतिनिधिहरू , पुर्व जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
